PRABHU BANK

सप्तकोशी डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

Saptakoshi Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संचालक समितिमार्फत प्रस्तुत प्रतिवेदन पेश गर्दै बैंकका अध्यक्षले आर्थिक बर्ष २०७६/७७ मा ३ करोड २ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको बताएका छन् ।
साथै सभामार्फत गत आर्थिक बर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६६ करोड रूपैयाँ निक्षेप संकलन गरेको तथा कर्जा लगानीमा रहिरहेको रकम २ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको उनले जनाएको छ । यस्तै उक्त सभाले महिला संचालकमा बैंकको सर्वसाधारण सेयरधनी तर्फ भेषजा काफ्लेलाई निर्वाचित गरेको छ । उक्त सभा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले संचालन गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै