PRABHU BANK

प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबीच कृषि कर्जामा लगानी सम्बन्धि सम्झौता

  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बीच त्रिपक्षीय सम्झौता भएको छ । प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबीच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रा.लि. का निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बीच उक्त त्रिपक्षीय सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै