PRABHU BANK

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति साउन ११ गते अर्थात् (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेका हो ।

गत शुक्रबार सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण सार्वजनिक हुन सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको भन्ने बुझिएको छ ।

साउन ११ गते भने राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै