PRABHU BANK

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडकाे औपचारिक उद्घाटन गरीएकाे छ । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित स्टक मार्केटकाे सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले एक कार्यक्रमकाबीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

सो कार्यक्रमा शुभकामना मन्तब्य राख्दै सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने बताएका छन् ।

नेपाली पूँजी बजारकाे विकासमा आफ्नो तर्फबट केही याेगदान पुगाेस भन्दै प्रभु स्टक मार्केटले सफलता पाउन सकोस् भनी शुभकामना पनि दिए । भने उक्त कार्यक्रममा विशेष अतिथिकाे रूपमा बाेलदै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाे भन्दै खुसी लागेको बताए ।

साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै