DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकले बैंकिङ सन्देश प्रवाह गर्न जडान गर्यो डिजिटल लिड डिस्प्ले

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सन्देश प्रवाह गर्न डिजिटल लिड डिस्प्ले जडान गरेको छ । भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो । उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ ।
यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङलाई थप टेवा पुग्ने आशा बैंकले लिएको छ । बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको सुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै