PRABHU BANK

कामना सेवा विकास बैंकको नाफा ६६ प्रतिशतले वृद्धि 

काठमाडौं । कामना सेवा विकास बैंकले खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको खुद नाफा भन्दा ६६ प्रतिशतले बढी हो ।

गत वर्ष यस अवधिसम्म ३६ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष करिब ६६.९३ प्रतिशत बढी खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६३ करोड ९१ लाख सञ्चालन नाफा गरेकोमा गत आर्थिक वर्षमा ९७ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा अर्थात् ५३.८ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.९ प्रतिशतबाट बढेर ३.२१ प्रतिशत पुगेको छ । खराब कर्जा बढे पनि बैंकको ईपीएस ११ रुपैयाँ १ पैसाबाट बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १६४ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै