![# Janautthan Samudayic Laghubitta](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjg-1pK0-x557hdDUkIk-4yVw6ZluoyIyj-c5mxG2-XF0fBTPLk6RBM9flizXGjkF3IvhkrZtQ0mg1Rj-hxIy12CHjbeSBn1To09YAWYWV5o6kkryGypntTDSdjTODzYTNOv4-sLvJ3-oxd/s16000/JANAUTTHAN-SAMUDAYAK-LAGHUB.jpg)
- बैंकिङ संसार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनसपछिको सेयरमा मुल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ ।
यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै सुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ रुपैयाँमा किनबेच भएको थियो । बुटवलमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ ।