DISH HOME

प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्झौता, बैँकका ग्राहकहरूलाई आकर्षक छुट

  • बैंकिङ संसार
काठमाडौँ । प्रभु बैंक लिमिटेड र कैलालीको धनगढीमा रेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैङ्किङ कारोबार गरिरहेका ग्राहकहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु÷एन्आइसीयु सेवामा १० प्रतिशत छुट पाउनुका साथै फार्मेसीमा ५ प्रतिशत छुट पाउनेछन् ।
उक्त सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैङ्किङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै