PRABHU BANK

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार खतिवडाको इन्ट्रिपछि रोकियो मौद्रिक नीति, अब कहिले होला सार्वजनिक ?

काठमाडौँ ।  शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकिएको छ । शुक्रबार सार्वजनिक गर्ने तयारी भइसकेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडाले ‘एकपल्ट हेर्छु’ भनेपछि मौद्रिक नीति रोकिएको हो ।

राष्ट्र बैंक श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे केही परामर्श गर्न खोजेपछि शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकिएको छ ।

यस्तै, सम्पूर्ण तयारी पुगेको अवस्थामा शुक्रबार स्थगित भएको चालु आर्थिक वर्षको मौद्रिक नीति आउँदो साता मङ्गलबारसम्ममा सार्वजनिक हुने स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै