PRABHU BANK

नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यस्तैगरी चौधरी फाउण्डेसनले भने १८ शैयाको आईसीयू वार्ड स्थापना गर्ने भएको छ । बैंक र फाउण्डेसनले अस्पतालसँग यस विषयमा जेठ ३ गते मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हुन् । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको फाउण्डेसनले जनाएको छ ।
नबिल बैंकद्वारा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर÷प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए । यस्तै नाम्स उपकुलपति शाहले यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने फाउण्डेसन र बैंकको निर्णयले सयौं कोरोना बिरामीलाई जीवनदान दिने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै