PRABHU BANK

एनआईसी एशिया बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड लिन अनलाईनमार्फत आवेदन दिन सक्ने

NIC Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको iServe प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले बैंकको Self Help Banking platform iServe भित्र Card Services मा क्लिक गरी Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा OTP प्राप्त हुने र उक्त OTP राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नुहुनेछ । तत्पश्चात् ग्राहकले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । 
यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् । ग्राहकहरुलाई यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क ३५० रुपैयाँ कायम गरेको छ । बैंकले हाल ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै