![# Mega Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjki14DO-WVPAZ2o9iET2_79rXVjVrwpZBNxx_2HiyosGT_MtHptYLvGOEnovvc6ij8zazbCnL75GjfpGRY63X1p3AWwya4Loac2dboogQR4K9lb7hrw1GeZt7iQMEJKSkDCieAXkqEPlWn/s16000/MEGA-BANK.jpg)
- बैंकिङ संसार
काठमाडौं । मेगा बैंकका ग्राहकहरुहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी दराजसँग सम्झौता गरेको हो ।
कोभिड-१९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै बैंक र दराज डटकमबीच बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने भएका छन् ।
दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिन भएको छ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिना झन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले आफ्ना ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।