PRABHU BANK

कामना सेवा विकास बैंकको ऋणपत्र बिहीबारदेखि कारोबारमा आउने

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकको ऋणपत्र बिहीबारदेखि कारोबार हुने भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र असार ९ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको हो । बैंकको गत माघ २२ मा निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १ हजार कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आज बिहीबार १० गते देखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको हो ।
असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै