PRABHU BANK

‘अहिलेकै अवस्थामा आउने मौद्रिक नीतिले काम गर्छ जस्तो लाग्दैन’: पूर्वबैंकर क्षत्री

काठमाडौँ । पूर्व बैङ्कर पर्शुराम कुवँर क्षेत्रीले अहिलेकै अवस्थामा आउने मौद्रिक नीतिले ब्याजदरमा केही सहजीकरण गर्न सके पनि बजारबाट ठुलै हलचल ल्याएर कर्जाको माग बढाउने अवस्था नरहेको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले देशमा लगानीको वातावरण नभएकोले आफूलाई अहिलेकै अवस्थामा आउने मौद्रिक नीतिले धुमधाम काम गर्छ जस्तो नलागेको बताएका हुन् ।

सरकारको वित्त नीतिले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि अहिलेकै अवस्थामा उत्पादनलाई जोड्ने र आमूल परिवर्तन गर्नेगरी मौद्रिक नीतिले काम गर्न नसक्ने क्षत्रीको भनाई छ ।

वित्त नीतिले कमगर्ने भएपनि अहिलेको जमात केन्द्रीय बैङ्कले नै काम गरिदियोस् भन्ने चाहना राख्दै मौद्रिक नीतिप्रति आशावादी रहेको उनले बताए ।

मौद्रिक नीतिले ब्याजदरमा केही सहजीकरण गर्न सके पनि कर्जाको माग बढाउने वातावरण सरकारले नै नबनाएको भन्दै पूर्वबैंकर क्षत्रीले मौद्रिक नीतिको भर नपर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै