PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई होटल हिमालयमा विशेष छुट

काठमाडौँ । प्रभु बैंक र होटल हिमालयबीच छुट बारे सम्झौता भएको छ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई कुपण्डोल, ललितपुरमा रहेको होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका छन् ।

विगत ३७ वर्ष देखि ग्राहकहरूको सेवा गर्दै आएको चारतारे होटल हिमालयसँगको सम्झौताले आफ्ना ग्राहकहरूलाई होटेलको सेवा लिन सहज हुने बैंकको विश्वास छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै