PRABHU BANK

एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त

Nic Asia Capital
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको श्रावण १ मा सम्पन्न संचालक समितिको ९२औं बैठकको निर्णय बमोजिम शनिबारदेखि लागु हुने गरि यस क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्त गरेको छ ।
उनीसँग Deloitte India (Big 4), ICICI Bank, India तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ प्रोफेसनल Chartered Accountant पनि हो । साथ ढकालले एनआईसी एशिया बैंकको हालको Transformational Journey को उदगम विन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भुमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रहेका ढकालसँग १२ वर्ष भन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।
हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका ढकालले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास कम्पनीले लिएको छ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै