PRABHU BANK

सपोर्ट लघुवित्तको एकै दिन ६ वटा स्थानमा शाखा विस्तार, प्रदेश स्तरमा वित्तीय पहुच पुर्याउने लक्ष्य

Support Laghubitta
  • बैंकिङ संसार
इटहरी । सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ वटा स्थानमा शाखा कार्यालय विस्तार गरेको छ । भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्र मध्ये बागमति प्रदेशका शाखा कार्यालयहरु विक्री हस्तान्तरण गरी प्रदेश नं. १ कार्यक्षेत्र बनाएको यस सपोर्ट लघुवित्त वित्तीय संस्थाले प्रदेश भरी आफ्नो उपस्थिति जनाई प्रदेश स्तरमा सबल र सक्षम रहि वित्तीय पहुच पुर्याउने लक्ष्यका साथ अगाडी बढेको छ ।
वित्तीय संस्थाले एकै दिन प्रदेश नं. १ को मोरङ्ग जिल्लाको विभिन्न गाउपालिकाहरुमा ६ वटा शाखा कार्यालयको शुभारम्भ गरेको छ । संस्थाले मोरङ्गको महेशपुर, भौडाहा, लखन्तरी, मोतिपुर, हात्तिमुडा र लक्ष्मीनियामा शाखा कार्यालय विस्तार गरेको हो । आगामी दिनहरुमा प्रदेश नं १ का बाँकी जिल्लाहरुमा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै