PRABHU BANK

लक्ष्मी सनराइज बैंकको न्युरोड शाखा ललितपुरमा स्थानान्तर

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा रहेको शाखा स्थानान्तर गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका २२ स्थित न्युरोडमा रहेका २ शाखाहरूमध्ये एउटा शाखा ललितपुर महानगरपालिका १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरेको हो ।

बैंकको शाखा स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ ।

बैंकले स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको हाल सञ्जालमा ५९ जिल्लामा २ सय ५४ शाखा, ३ सय १६ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १ सय २८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै