PRABHU BANK

वाणिज्य बैंकहरूको ऊर्जा क्षेत्रमा ३ खर्ब बढी लगानी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको लगानी सबैभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा ७.६७६ प्रतिशत कर्जा प्रवाह गरेका छन् । बैंकहरूले वैशाख मसान्तसम्ममा गरेको समग्र कर्जामध्ये उर्जा क्षेत्रमा मात्रै ३ खर्ब ४६ अर्ब ६८ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी गरेका हुन् ।

बैंकहरूले वैशाख मसान्तसम्ममा ४५ खर्ब १६ अर्ब ५० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन वाणिज्य बैंकहरूको कुल कर्जाको ७.६७६ प्रतिशत हो । 

राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख मसान्तसम्म ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै कर्जा कुमारी बैंकले दिएको छ । बैंकले ३५ अर्ब १३ करोड ६७ लाख ४० हजार रुपैयाँ उर्जा क्षेत्रमा लगानी गरेको छ ।

त्यस्तै, ऊर्जामा सबैभन्दा कम कर्जा दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले ३ अर्ब ९ करोड १८ लाख ७० हजार रुपैयाँ लगानी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै