PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलको सेवामा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलको सेवामा छुट हुने भएको छ । बर्दिबास, महोत्तरीमा रहेको शुभ स्वस्तिक हस्पिटलमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट हुने भएको हो ।

बैंक र हस्पिटलबीच विशेष छुट दिने समझदारी भएसँगै ग्राहकहरूले छुट पाउने भएका हुन् । उक्त सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

त्यस्तै, बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै