PRABHU BANK

बेष्ट फाईनान्स कम्पनी लिमिटेडको न्युरोड शाखा स्थानान्तरण

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।
नँया शाखा कार्यालयको उद्घाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उपस्थिति रहेको थियो ।
नेपालको ४ वटा पुरानो फाइनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिँदै आएको छ । संस्थाको प्रधान कार्यालय कमलादी काठमाडौमा रहेको छ । संस्थाबाट हाल डिजिटल बैंकिङ सेवा लगायत नेपाल राष्ट्र बैकको निति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै