PRABHU BANK

कुमारी बैंक लिमिटेडको निःशुल्क अ्एन्टिजन् टेस्ट् क्याम्प सम्पन्न

Kumari  Bank
  • बैंकिङ संसार
बाठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड-१९को सङ्क्रमणसँग जुध्नका लागि ‘निःशुल्क अ्एन्टिजन् टेस्ट् क्याम्प’ आयोजना गरेको थियो । सो क्याम्प काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८ गते आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए-नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यक्रम आयोजना गरेको हो । आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै