PRABHU BANK

बैंक अफ काठमाण्डू लिमिटेडद्धारा अनलाइनमार्फत खाना खरिद गर्दा नगदफिर्ता पाउने योजना सार्वजनिक

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० सम्मको नगदफिर्ता पाउनेछन्।
ग्राहकहरुले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ कोमार्फत QR Code स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत eComm (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ । यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गतेदेखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताहरुले कारोबार गरेकोे मूल्यको २५ प्रतिशत वा ५०० सम्मको नगदफिर्ता कारोबार गरेकोे पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । नेपालीहरुको महान चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सम्पूर्ण ग्राहकहरुमा बैंकले शुभकामना व्यक्त गरेको छ । साथै चाडपर्वहरु हर्ष उल्लासको साथ घरै बसि सुरक्षित तवर मनाउन अनुरोध पनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै