PRABHU BANK

सेञ्चुरी बैंक घोटाला प्रकरणमा कसरी जोडीए नेको इन्सुरेन्सका अध्यक्ष निरौला ?

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकको घोटाला प्रकरणमा नेको इन्सुरेन्सका अध्यक्ष रमेशकुमार निरौला पनि पक्राउ परेका छन् । बैंक घोटाला प्रकरणमा निरौला र तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ६ जना प्रहरीको फन्दामा परेका हुन् ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित नेको अध्यक्ष निरौलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका निरौला माघ २०७७ सेञ्चुरी बैंकको सञ्चालक बनेका थिए । उनी २०८० माघ १२ गते नेको इन्सुरेन्सका सञ्चालकमा निर्वाचित भएका थिए भने सोही दिन सञ्चालक समितिले निरौलालाई नेको इन्सुरेन्सको अध्यक्षमा पनि नियुक्त गरेको थियो ।

यो बैंकिङ घोटाला प्रकरणमा पक्राउ पर्ने अन्यमा तत्कालीन सेन्चुरी बैंक सञ्चालक समितिका सदस्यहरु गीता प्रधान, राजेशकुमार दली, मनबहादुर राई, शिव रिसाल, सुनील न्यौपाने छन् । उनीहरुसँग अहिले सोधपुछ भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बागेटीले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै