PRABHU BANK

एनएमबि बैंक लिमिटेड ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (IFC) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (IFC) संग सम्झौता अन्तर्गत एनएमबि बैंकले IFC द्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो । एनएमबि बैंक हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।
बैंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको छ । ‘एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडी बढन थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं ।’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिएका छन् । बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चार बर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै