PRABHU BANK

मेगा बैंक र नेको इनर्जी सोलुसन कम्पनीबीच सहुलियत कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र नेको इनर्जी सोलुसन कम्पनीबीच सम्झौता भएको छ । बैंक र नेकोबीच लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्वन गर्ने सम्बन्धि उक्त सम्झौता भएको हो । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहकाबीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जि सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ ।
विपन्न वर्गका ग्राहकहरुलाई वित्तीय साक्षरताका साथै बैंकिङ सेवामा आधुनिकीकरण गर्दै नगदरहित कारोबारमा समेत संलग्न गराउने उद्देश्यका साथ मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई ‘क्यूआर कोड पेमेन्ट सिस्टम’मार्फत बैंकिङ कारोबारमा पनि आबद्ध गराउने नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिएकी छिन् । यसैगरी नेको इनर्जी सोलुसनका ब्यवस्थाकीय निर्देशक पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै