PRABHU BANK

भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दे प्रभु बैंकले गर्यो सौराहाका डेढदर्जन होटेल तथा रेष्टुरेन्टसँग छुट सम्झौता

काठमाडौं । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दे प्रभु बैंकले सौराहाका १६ भन्दा बढि होटल तथा रेस्टुरेन्टसँग छुट सम्झौता गरेको छ । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता गरेको हो ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश-५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

भारतपुर विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातिका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू एवम् वन तथा वन्यजन्तुहरूको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरूको सांस्कृतिक, पुरातात्विक एवम् मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र मानिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै