PRABHU BANK

नक्कली नोटसहित एक जना महिला पक्राउ, थप अनुसन्धान जारी

काठमाडौँ । नक्कली नोटसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तारा देबी डंगोल रहेकी छिन् ।

प्रहरीले डंगोलको साथबाट नेपाली १ हजार दरका ५ सय १५ थान नक्कली नोट बरामद गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरेर बस्ने डंगोललाई प्रहरीले नक्कली नोटसहित शनिबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनको पसल तलासी गर्दा नोट बरामद भएको जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै