PRABHU BANK

‘बैंकहरूको बढ्दो निष्क्रिय कर्जा चुनौतीपूर्ण’ : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रले अझै चुनौतीको सामना गरिरहेको जनाएको छ । बैंकहरूको निष्क्रिय कर्जा दोब्बरले बढेर ४ प्रतिशत पुग्नु चिन्ताको विषय बनेको आईएमएफले बिज्ञिपति मार्फत जानकारी गराएको हो ।

विशेषगरी ऊर्जा क्षेत्रमा रणनीतिक लगानी, पूँजीगत खर्चमा वृद्धिले घरेलु माग बढाउने र मुद्रास्फीति लक्ष्य सीमा ५.५ प्रतिशतभित्र रहने अपेक्षा रहेको र बैंकहरूको बढ्दो निष्क्रिय कर्जा चुनौतीपूर्ण रहेको आईएमएफले एक बिज्ञिपति मार्फत जानकारी गराएको छ ।

विस्तारित कर्जा सुविधाका सर्तहरू कार्यान्वयन अवस्था मूल्यांकन गर्ने आईएमएफ टोलीले नेपालले गरेका सुधार प्रयास सकारात्मक भए पनि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएको हो  ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा राजस्व संकलन कोभिड अगाडिको भन्दा अझै पनि न्यून रहेका कारण यसले विकास खर्च, पूर्वाधार विकास र लक्षित सामाजिक विकासमा वाधा पुग्ने पनि आईएमएफको अध्यनले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै