PRABHU BANK

निजि क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोरमा ६ बैंकले लगानी गर्ने

काठमाडौं । निजि क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत आयोजनामा ६ बैंकले लगानी गर्ने भएका छन् । एभरेस्ट बैंकको नेतृत्वमा हालसम्मकै ठूलो आयोजना २८५ मेगावाट माथिल्लो तमोर जलविद्युत आयोजनामा एभरेष्ट बैंकसहित ८ ओटा बैंक तथा वित्तिय संस्थाहरुको लगानीमा उक्त आयोजनामा लगानी जुटाउन सम्झौता भएको हो ।

एभरेस्ट बैंकको नेतृत्वमा सहायक नेतृत्व कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबीआई, कामना सेवा बैंकले लगानी गर्नेछन् भने सरकारी कम्पनी हाइड्रोइलेट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) रहेको पनि यसमा लगानी गर्ने भएका छन् ।

बिहीबार सभामुख देवराज घिमिरेको सहभागितामा कर्जा सुविधा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आयोजनामा एभरेस्ट बैंकले ५ अर्व, एचआईडीसीएल र कृषि विकास बैंकले ४-४ अर्ब, प्रभु र राष्ट्रिय वाणिज्य बैंकले ३-३ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, नेपाल एसबिआई बैंकले १ अर्ब, गरिमा विकासले १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजना निर्माणमा कुल ५५ अर्ब लगानी (ब्याजसहित) लाग्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै