PRABHU BANK

ओसीबिसीले आफ्नो डिजिटल प्लेटफर्ममा १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौँ । सिङ्गापुरको ओभरसी (चाइनिज बैंकिङ कर्पोरेसन लिमिटेड (ओसीबिसी)ले आफ्नो डिजिटल प्लेटफर्ममा १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । ओसीबिसीकी सिइओ सुश्री हेलेन वोंगले आफ्नो समुहले हङकङ र मकाउमा आफ्नो डिजिटल प्लेटफर्म र अफिसहरूलाई स्तरोन्नति गर्दै बढ्दो बैंकिङ र सम्पत्ति व्यवस्थापनका अवसरहरूलाई लक्षित गर्न १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको बताएकी हुन् ।

बुधबार एक कार्यक्रममा बोल्दै उनले हङकङ र मकाउमा सिइओको कोर बैंकिङ प्रणाली टेक्नोलोजीमा १ बिलियन अमेरिकी डलरको कारोबार गरेर कृत्रिम बुद्धिमत्ता (एआइ) मेसिन इलर्निङमा ठूलो लगानी गर्दै उत्पादन र सेवाहरू अनलाइन मार्फत सञ्चालन गर्ने बताएकी हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै