PRABHU BANK

प्रभु र कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’ बाट सम्मानित भएका छन् । इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड प्रभु र कुमारी बैंकले आफ्ना सेवा तथा सुविधाहरुको विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सहज बैंकिङ सेवाहरु उपलब्ध गराएकोमा सम्मानित भएका हुन् ।

१० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक कोर बैंकिङ ट्रान्फरमेसन विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि प्रोसेस इनोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ ।

त्यस्तै, प्रभु बैंकले आफ्नो डिजिटल इकोसिस्टम अपग्रेड गर्न, सुविधा र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरूलाई सेवा प्रदान गरेकोमा सम्मानित भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै