prabhu

महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको आयोजना गर्दै

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको आयोजना गर्ने भएको छ । बैंकले आफ्नो ३०औँ वार्षिक उत्सवको अवसरमा  तेस्रो संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२४’ गर्ने भएको हो । 

जेठ २२ गते देखि जेठ २४ गतेसम्म ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा खेल सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले हरेक वर्ष वार्षिक उत्सवको अवसरमा क्रिकेट लिग गर्ने गर्दछ । 

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहने क्रिकेट लिगमा समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको छ । १० ओभरको खेलमा १६ टिम सहभागी हुने भएका छन् ।

लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक तथा एक वित्त कम्पनीको सहभागिता रहने छ । माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र आईसीएसी फाइनान्सले लिगमा भाग लिने भएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै