PRABHU BANK

‘सहकारीको ऋण बैंकमा सार्ने हो भने बचतकर्ताको रकम फिर्ता हुन सक्छ’ : रत्नराज वज्राचार्य

काठमाडौँ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले सहकारीको ऋण बैंकमा सार्ने हो भने बचतकर्ताको पैसा फिर्ता हुन सक्ने बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै वज्राचार्यले सहकारीले पैसा फिर्ता दिन नसक्दा वित्तीय क्षेत्रमै अविश्वास बढ्न सक्ने भन्दै सहकारीको ऋण बैंकमा सार्ने हो भने बचतकर्ताको पैसा फिर्ता हुन सक्ने बताएका हुन् ।

अहिले सहकारीमा लगानी डुबेको नभइ तरलता नभएको अथवा लगानी नउठेको र यता बैंकहरूमा तरलता बढी भएको अवस्थामा सहकारीको ऋण बैंकमा सार्ने हो भने बचतकर्ताको पैसा फिर्ता दिन सकिने वज्राचार्यको भनाई छ । 

यस्तै, वित्तीय क्षत्रमा कस्तो असर पर्छ भन्ने ख्यालै नगरी केही व्यक्तिहरूले बैंक डुब्न लाग्यो भनेर हिँडिरहेको भन्दै वज्राचार्यले यस्तो हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै