PRABHU BANK

रङ्गिन फोटोकपी गरेको चेक दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडोँ । चेकको रङ्गिन फोटोकपी दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका-१० बस्ने ४८ वर्षीय अनुप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ घर भएका २८ वर्षीय अनिल पुन मगरलाई सिंहले रङ्गिन फोटोकपी गरेर चेक दिएका थिए ।

संहले दिएको चेक पहिला सक्कली जस्तै देखीएको थियो । तर, पछि निहालेर हेर्दा रङ्गिन फोटोकपी गरेको भन्ने थाहा पाएका थिए । यस्तो गरेको थाहा पाएपछि पुनले प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पुनको उजुरीका आधारमा सिंहलाई पक्राउ गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै