PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले खुद नाफा ०.२३५ ले घटेर २ करोड ९६ लाख ४८ हजार रुपैयाँमा झरेको वित्तीय विवरण प्रकाशित गरेको हो ।
अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ९.१७५ ले घटेको छ भने सञ्चालन नाफा पनि ०.२३५ ले घटेर ४ करोड ७० लाख ६० हजार रुपैयाँमा आएको छ ।
यस्तै असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यस्तै यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले घटेर १२ रुपैयाँ ३० पैसामा आएको छ प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै