डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Deprosc laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यस अवधिमा खुद नाफा १२.३७५ ले घटेर १७ करोड ३५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ।
यता यस कम्पनीको खुद ब्याज आम्दानी १.२०५ ले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा झरेको छ भने यो वर्ष कम्पनीले २३ करोड २ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिमा १ अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो ।
संस्थाको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८५ पैसाले घटेर ५० रुपैयाँ ०४ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी वार्षिक ७८ रुपैयाँ ८९ पैसा थियो । संस्थाले यो अवधिसम्म आउँदा १ करोड ८५ लाख १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै