prabhu

एनआईसी एशिया बैंकमा भिडियो कलबाटै विभिन्न पाँच सेवा

nic asia bank
बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले भिडियो कलबाटै केवाईसी अध्यावधिक गर्न सकिने व्यवस्था गरेको छ । बैंकले ग्राहकको माग, आवश्यकता र सहजतालाई ध्यानमा राख्दै भिडियो केवाईसी सेवा सुचारु गरेको हो । उक्त सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अध्यावधिक, खाता सुचारु, हस्ताक्षर अद्यावधिक, बचत खाताको स्किम परिवर्तन र मोबाइल नम्बर र इमेल अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले अनलाईनबाट भिडियो कल गरेर केवाईसी विवरण अद्यावधिक गर्न मिल्ने सेवा यसअघि नै सुरु गरेको थियो । तर, भिडियो केवाईसी सेवामा अब थप पाँच वटा सुविधा थप भएको बैंकले जनाएको छ । ‘पहिला यो सेवा अन्तर्गत भिडियो कलमार्फत ग्राहकको केवाईसी अद्यावधिक गर्ने सुविधामात्रै थियो ।’, बैंकका एक कर्मचारीले भने, ‘अब भने यो सेवा अन्तर्गत विभिन्न पाँच प्रकारका सेवाहरु लिन सकिनेछ । यसले ग्राहकलाई थप सहज हुनेमा विश्वास गरेका छौँ ।’
बैंकका ग्राहकले अन्य विभिन्न अनलाईन प्ल्याटफर्ममार्फत पनि आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न सक्छन् । तर, जसलाई अनलाईल फर्म भर्न वा अन्य विकल्प प्रयोगमा असहज हुन्छ, खासमा ति वर्गलाई लक्षित गर्दै बैंकले यो सेवाको सुरुवात गरेको हो । जहाँ ग्राहकले बैंकमा कुनै पनि भौतिक उपस्थिति बिना नै भिडियो कलमार्फत सहजै रुपमा केवाईसी विवरण अपडेट गर्न सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै ल्याएको उक्त (भिडियो केवाईसी) सेवा प्रयोग गर्नका लागि सबैभन्दा पहिला ग्राहकले बैंकको वेबसाइटबाट उल्लेखित सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्नु पर्नेछ । र सोही अनुरोधका आधारमा ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।
परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।
पछिल्लो समय नविनतम सेवा प्रवाहमा जोड दिईरहेको एनआईसी एशिया बैंकले ल्याएको भिडियो केवाईसी सेवा सुरु भएसँगै केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भिडियो केवाइसी सेवा निकै नै सहज र लाभदायी रहेको ग्राहकहरुको प्रतिक्रिया रहेको छ ।
एनआईसी एशिया बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै