PRABHU BANK

कुमारी बैंकको ७ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौँ ।  कुमारी बैंक लिमिटेडको ७ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले विभिन्न संस्थापक शेयर धनिहरुको नाममा रहेको ७ लाख १७ हजार ४ सय ४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक सेयरधनीहरूले नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टङ्गालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने भनिएको छ । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउने भएका छन् ।

तोकिएको समयभित्र संस्थापक शेयरधनी बाट शेयर खरिदका लागि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै