PRABHU BANK

कर्जा लगानी नबढेपछि घरजग्गा कारोबार खुकुलो बनाउँदै राष्ट्र बैंक, ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम

काठमाडौं ।  बैंकहरूमा कर्जा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति संशोधन गरि घरजग्गा कारोबार सहज बनाउन लागेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति खुकुलो बनाएको हो ।

मौद्रिक नीति संशोधन गरिएसँगै बैंकहरूले प्रदान गर्ने घर जग्गा कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातमा ऋणीलाई सहुलियत प्रदान हुने भएको छ ।

राष्ट्र बैंकले घर जग्गा कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै