PRABHU BANK

दिव्यश्वरी हाइड्रोपावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

dibyashwori hydropower

  • बैंकिङ संसार

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २१.७८ प्रतिशतले बढाएर २ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै कम्पनीको जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै