- बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले पहिलो त्रैमासमा ४ करोड ७५ लाख लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत वर्षकोभन्दा ३१६.३५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले यो त्रैमासमा सञ्चालन नाफा ७८.६६ प्रतिशत र खुद ब्याज आम्दानी ६०.०३ प्रतिशतले बढाएको छ ।