PRABHU BANK

ज्योति विकास बैंकद्वारा अनुकरणीय सेवा गर्ने १५ कर्मचारी सम्मानित

काठमाडौँ । ज्योति विकास बैंकले १५ वर्षसम्म अनवरत सेवा गरेका कर्मचारीलाई सम्मान गरेको छ । आइतबार बैंकले केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै कर्मचारीलाई सम्मान गरेको हो । 

उक्त सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीलाई सम्मानित गर्दै जीवन बिमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका छन् । सम्मानित हुनेमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होमकुमारी बस्नेत रहेका छन् । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका कर्मचारीले विगत १५ वर्षदेखि बैंकलाई पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । बैंकले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन सफल भएको जनाएको छ । कर्मचारीले बैंकमा अनुकरणीय सेवा, समर्पण र योगदान गरेको भन्दै सम्मान गरेको हो । 

ज्योति विकास बैंकले हाल १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै