PRABHU BANK

सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने

civil bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । 
सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ६० हजार इकाई म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिश ब्याजदर पाइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै