National

चैत महिनामा ६ खर्ब ६९ अर्ब बढी नगद परिचालन, बैंक तथा वित्तीय संस्थाको निक्षेप कति ?

काठमाडौँ । चैत महिनामा बजारमा ६ खर्ब ६९ अर्ब रुपैयाँ बढी नगद परिचालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको वित्तीय विवरण अनुसार एक महिनामा बजारमा ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँ बराबरको नगद परिचालन भएको हो ।

फागुन महिनाको तुलनामा चैत महिनाको नगद परिचालन ०.७६ प्रतिशतले बढेको हो । त्यसैगरी अघिल्लो महिनासम्म बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँको नगद परिचालन भएको थियो ।

यस्तै, केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २ खर्ब ९७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । फागुन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब २५ अर्ब ४३ करोड रुपैयाँ थियो । जुन फागुन महिनाको तुलनामा ३२.०९ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको पाइएको छ । सरकारको निक्षेप फागुन महिनासम्म १ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । चैतसम्म सरकारको निक्षेप बढेर २ खर्ब ८६ अर्ब पुगेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै