National

वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगरमा सम्पन्न भयो रक्तदान कार्यक्रम

काठमाडौँ । वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा वैशाख १० गते रक्तदान कार्यक्रम गरेको हो ।

त्यस्तै, बैंकको सभाहलमा भएको कार्यक्रममा बैंकका कर्मचारी, भूपू कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायत २३ जनाले रक्तदान गरेका थिए ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै