National

नेपाल राष्ट्र बैंक विराटनगरले अन्तर बैंक हाजिरजवाफ प्रतियोगिता गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले अन्तर बैंक हाजिरजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालयले अन्तर बैंक हाजिरजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

बैंकको सभाहलमा वैशाख १२ गते उक्त प्रतियोगिता सञ्चालन हुनेछ । सो प्रतियोगितामा १५ बैंकले सहभागिता जनाउने भएका छन् ।

त्यस्तै, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई वैशाख १४ गते कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, ट्रफी, मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गर्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान सहित विभिन्न खेलकुदका कार्यक्रमहरू  सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै