PRABHU BANK

११ बर्षसम्म सेकेण्ड म्यान रहेका माधव प्रसाद बने गरिमा बिकास बैंकको सीइओ !

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड खुलेदेखि नै बैंकको सेकेन्ड म्यानका रापमा रहेका माधवप्रसाद उपाध्याय बैंकको सीइओमा नियुक्त भएका छन् । गत बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

१५ वर्षदेखि कम्पनी सचिव रहेका उनी ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए ।

बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैत २०८० देखि लागु हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै