PRABHU BANK

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १९ गते हुने, यस्ता छन् छलफल हुने बिषयहरु !

manakamana smart laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । संस्थाको साधारणसभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु हुने भएको हो ।
सभाले बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने छ । संस्थाले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १७%बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव गर्ने भएको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । साथै अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै