National

कामना सेवा विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंकले पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरूलाई वित्तीय साक्षरता दिएर कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा करिव २ सय जना डाक्टर तथा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबीच सेवा छुट सम्बन्धी सम्झौता समेत भएको छ । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । त्यसैगरी छुट सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै